नेकपाको कार्यक्रममा जाँदा मसालबाट निलम्बित भए जनगायक जीवन शर्मा

७ बर्ष अगाडि

काठमाडौं – जनगायक जीवन शर्मा मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट निलम्बित भएका छन् । 
पार्टी निकट स्रोतका अनुसार पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागि कार्यक्रममा सहभागि भएर गीत प्रस्तुत गरेको लगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो । 

पार्टीले स्पष्टीकरणसमेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ । 
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको छ ।
  
शर्माको सिमली छायामा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईँको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया