साउन १८ गतेदेखि  १ अर्ब ६ करोड बढिको हकप्रद शेयर निष्कासन गर्ने गर्दै ङादी ग्रुप

३ बर्ष अगाडि

ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा साउन १८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

हकप्रद निष्कासनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको थियो । यसअनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयरको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको छ। जसअनुरुप आवेदकले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकको विभिन्न शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । यो अवधि भने भदौ ७ गतेसम्म रहने कम्पनीले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया