कृषि विकास बैंकको नाफा एक अर्ब ३६ करोड, प्रतिशेयर आम्दानी कति

६ बर्ष अगाडि

काठमाडौँ – कृषि विकास बैंकको नाफा रु एक अर्ब ३६ करोड रहेको छ । बैंकले गत बर्षको भन्दा ३२.५६ प्रतिशतले नाफा बढाएको हो । गत बर्ष बैंकले एक अर्ब दुई करोड रुपैयाँ नाफा गरेको थियो ।

निक्षेप संकनलनभन्दा ऋण लगानीमा आक्रामक देखिएको बैंकले ब्याज खर्चको तुलनामा ब्याज आम्दानी बढाएको छ। जसले गर्दा गत बर्षको भन्दा खुद ब्याज आम्दानी ३४.६७ प्रतिशतले बढेर रु तीन अर्ब ५७ करोड आर्जन गरेको छ ।  

ऋण लगानी तथा विस्तार खर्ब नाघेको छ ।  पुससम्ममा बैंकले रु एक खर्ब १० अर्ब निक्षेप संकलन गरि रु एक खर्ब ७ अर्ब ऋण विस्तार गरेको छ । चुक्ता पूँजी रु १३ अर्ब ९३ करोड रुपैयाँ छ भने जगेडा कोषमा रु १४ अर्ब २२ करोड जम्मा भएको छ ।

पूँजी कोष अनुपात थप ३.३९ प्रतिशत विन्दुले बृद्धि भएर १८.९७ प्रतिशत पुगेको छ। खराब कर्जा थप ०.५५ प्रतिशत विन्दुले बढेर साढे चार प्रतिशत पुगेको छ। आधार व्याजदर ११.१५ प्रतिशत छ। यो उच्च आधार दर हो ।

प्रति शेयर आम्दानी थप ७ रुपैयाँले बढेर २८ रुपैयाँ पुगेको छ। कर्जा निक्षेप अनुपात भने ७८.६८ प्रतिशत छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया