यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ वटा कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा दोर्दी खोला जलविद्युतको आईपीओ, अपि पावरको हकप्रद र निर्धन उत्थान लघुवित्त, आरम्भ चौतारी, मिथिला लघुवित्त साथै स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचिकृत भएको हो ।
१. दोर्दी खोला जलविद्युत
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
२. अपि पावर
अपि पावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीले २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १५ गतेसम्म निष्कासन गरेको ३९.३६३३ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
३. निर्धन उत्थान लघुवित्त
नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको ५० लाख २५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
लघुवित्तले आफ्ना सेयरधनीहरु गत आर्थिक वर्षका लागि २९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
४. आरम्भ चौतारी
नेप्सेमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको ६ लाख २ हजार २०२ .६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तले चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९.६२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
५. मिथिला लघुवित्त
मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
६. स्वावलम्बन लघुवित्त
नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । घुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया