मिर्मिरेले दुई आर्थिक वर्षको अवधिमा तीनवटा लघुवित्तलाई मर्ज गर्ने सफलता पायो

३ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको अवधिमा तीनवटा लघुवित्त संस्थालाई मर्ज गर्ने सफलता प्राप्त गरेको छ । 

मिर्मिरे लघुवित्तले नागबेली र स्वेडा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ । हालै भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई समेत प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

शनिवार यो कम्पनीले विशेष साधारणसभा बोलाई त्यहाँबाट बुद्ध ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । योसँगै मिर्मिरले २ वर्षको अवधिमा ३ वटा लघुवित्तलाई प्राप्ति गरी आफ्नो आकार ठूलो बनाउने सफ लता पाएको छ । 

बुद्धज्योतिलाई प्राप्ति पश्चात् मिर्मिरेको  चुक्तापूँजी ५४ करोड १२ लाख पुग्नेछ । २०७९ आषाढ ३० को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलनतर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लामा १४८ वटा शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया