काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेडले आइपीओ बाँडफाँड गरेको हो ।
कुल सदर आवेदक १४ लाख ५२ हजार ५७३ मध्ये १ लाख ३९ हजार ५०० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । आईपीओका लागि आवेदन दिएकामध्ये १३ लाख बढीको हात खालि भएको छ ।
कम्पनीले सर्वसाधारण, म्युचुअल फण्ड र आफ्ना कर्मचारीलाई समेत गरी कुल १५ लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको थियो ।
कुल १५ लाखमध्ये सर्वसाधारणका लागि १३ लाख ९५ हजार कित्ता सेयर छुट्याइएको थियो भने म्युचुअल फण्डहरुका लागि ७५ हजार कित्ता र ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।
सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गरिएको थियो । असार २९ गतेसम्म आवेदन दिने समय थियो । आईपीओको प्रिअलटमेन्ट असार ३१ गते गरिएको थियो ।
कुल १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताका लागि आवेदन दिएका थिए । परेकामध्ये २ हजार ८११ आवेदन रद्ध भएका थिए ।
प्रतिक्रिया