काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज९नेप्से० यो साता एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ८.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन बैंकको शेयर प्रतिकित्ता ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकले लाभांश प्रस्ताव पारित गर्न साउन ९ गते, सोमबार, सिद्धार्थ होटल, बिर्तामोडमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
प्रतिक्रिया