काठमाडौं - मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चालू आर्थिक वर्षमा एक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनी आगामी आर्थिक वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रश्तावमा मन्त्रीपरिषद्ले वैदेशिक रोजगार ऐन ६४ को दफा ८२ अन्तरगत बाधा अड्काउ फुकाउ आदेश जारी गरेकोे हो ।
उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन आउने छ । मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने सहित, सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ,नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने, पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने , नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
प्रतिक्रिया