काठमाडौं - वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा ६ लाख १४ हजार ६ सय ८० जनाले श्रम स्वीकृति लिएको बताएको छ ।
विभागले चालू आर्थिक वर्षको श्रम स्वीकृति संख्या वैदेशिक रोजगारीको इतिहासमै सबैभन्दा बढी भएको दाबी समेत गरेको छ । नेपालले २०५० सालदेखि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको तथ्यांक राख्न शुरु गरेको थियो ।
चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख १४ हजार ६८० पुगेको भन्दै विभागले उक्त तथ्यांकमा काठमाडौं बाहिरका ६ वटा श्रम कार्यलयबाट प्रदान गरिएको पुनः श्रम स्वीकृतिको संख्या समावेश नगरिएको जनाएको छ ।
कोरोना भाइरसविरूद्धको खोप पर्याप्त भएपछि वैदेशिक रोजगारीमा जाने बढेका हुन् ।
प्रतिक्रिया