कर्णालीमा ४३ अर्ब ४३ करोड निक्षेप संकलन, कर्जा कति ?

३ बर्ष अगाडि

काठमाडौं - केन्द्रीय बैंकले कर्णाली प्रदेशमा निक्षेप संकलन बढेको जनाएको छ । 

केन्द्रीय बैंकले शुुक्रबार आर्थिक गतिविधि अध्ययन २०७८/७९ को अर्धवार्षिक प्रतिवेदन ९कर्णाली प्रदेश० प्रकाशित गरेकोमा आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको निक्षेपको तुलनामा १३।५३ प्रतिशतले वृद्धि भई ४९ अर्ब ३० करोड ७९ लाख ८० हजार पुगेको देखिएको हो । 

अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ३७.३७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४३ करोड पुगेको थियो । प्रतिवेदनअनुसार समीक्षा वर्षमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको देखिन्छ । 

समीक्षा अवधीमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ३०.७३ प्रतिशतले बढेर ५५ अर्ब ७५ करोड ४० लाख पुगेको छ । अघिलो वर्षको सोही अवधिमा यस्तो कर्जा २१.३९ प्रतिशतले बढेर ४२ अर्ब ६४ करोड ८० लाख ७० हजार पुगेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया