आज शनिबार पनि जीवन बीमा कम्पनीहरुले कार्यालय खुला राख्ने

३ बर्ष अगाडि

काठमाडौं - आज शनिबार पनि जीवन बीमा कम्पनीहरुले कार्यालय खुलै राख्ने भएका छन् । कम्पनीहरुले आर्थिक वर्षको अन्तिम दिन आज शनिबार जीवन बीमा पोलिसी बिक्री गर्न कार्यालय खुला राख्ने भएका हुन् ।

सम्पुर्ण जीवन बीमा कम्पनीहरुले सूचना जारी गर्दै आज शनिबार पनि कार्यालय खुला रहने जानकारी दिएका छन् । बीमा कम्पनीहरुले आज अन्तिम समयसम्म पोलिसी स्वीकृत गर्नेछन् । 

आर्थिक वर्षको अन्तिम दिन बीमा कम्पनी, अभिकर्ता र कर्मचारीको अग्नी परिक्षा हो । भोलिसम्ममा तोकिएको टार्गेट पुरा गरे मात्रै तोकिएको सेवा सुविधा लिन सकिन्छ । 

अन्यथा इन्सेन्टिभ तथा सेवा सुविधाबाट विमुख हुनु पर्नेछ । बीमा कम्पनीहरुले पनि आफुलाई बजारमा बलियो देखाउन आजसम्ममा धेरै भन्दा धेरै व्यवसाय भित्र्याउने प्रयास गरिरहेका हुन्छन् ।

बीमा समितिले आज राति १२ बजेदेखि सफ्टवेयर लक गर्न निर्देशन दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया