काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत १ लाख ४० हजार बढीलाई सहुुलियतपूर्ण कृषि कर्जा लिएको जनाएको छ ।
राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन ९एकिकृत० अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९) सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तसम्म १ लाख ४० हजार ५२१ ऋणीलाई २ खर्ब १४ अर्ब सहुलितपूर्ण कृषि कर्जा प्रदान गरेको जनाएको हो ।
उक्त अवधिमा प्रवाहित सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी व्यवसायतर्फ ५७ हजार ६२६ ऋणीलाई १ खर्ब ३६ अर्ब १ करोड कर्जा बाँकी रहेको छ भने बाँकी शीर्षकहरुअन्तर्गत ८२ हजार ८ सय ९५ ऋणीको ७७ अर्ब ५७ करोड कर्जा बक्यौता रहेको छ ।
यस्तै राष्ट्र बैंकले २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा ९.२ प्रतिशतले वृद्धि भई ३ खर्ब १ अर्ब ६५ करोड पुगेको जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २२.८ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ९७७ अर्ब ८१ करोड० कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा कम (१० करोड ७२ लाख) सिचाइँमा प्रवाह भएको छ ।
प्रतिक्रिया