मुद्रास्फीतिमा चाप पर्ने सम्भावना

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिमा चाप पर्ने सम्भावना रहेको जनाएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको एकीकृत आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक) प्रतिवेदन सार्वजनिक गर्दै मुद्रास्फीतिमा चाप पर्ने सम्भावना रहेको जनाएको हो । 

मूल्य स्थिति अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी वृद्धि हुनु, डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुनु, रुस–युक्रेन युद्धका कारण आपूर्ति शृखंलामा उतारचढाव आउनु, खाद्य सुरक्षालाई मध्यनजर गरी भारत सहितका विभिन्न मुलुकले खाद्यान्न निर्यातमा रोक लगाउनु, अघिल्लो वर्ष मल आपूर्तिमा आएको समस्याका कारण खाद्यान्न उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्नु, कर्मचारीवर्गको तलब वृद्धि हुनुतथा कोभिड–१९ पछि आन्तरिक मागमा अत्यधिक वृद्धि हुनु लगायतका कारणले मुद्रास्फीतिमा चाप पर्ने सम्भावना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बेमौसमी वर्षा र मल अभावका कारण कृषि उत्पादनमा अपेक्षित वृद्धि नभए पनि यस वर्ष समयमै रोपाइँ भएको, नेपाल सरकारले कृषिमा आयात न्यूनीकरण तथा कृषि उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको, प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको र सिँचाइ, मललगायतका कृषि पूर्वाधारको सहजता हुँदै गएकोले कृषि उत्पादन आगामी वर्ष केही वृद्धि हुने अपेक्षा गरिएको छ ।

तरलता अभाव, प्रतितपत्रमा नगद मार्जिनको व्यवस्था तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले औद्योगिक क्षेत्रमा चाप पर्ने देखिएपनि विद्युत उत्पादन तथा आपूर्तिमा सुधार, स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहन, जुत्ता, सिमेन्ट लगायतका उत्पादन निर्यातमा नगद अनुदान तथा विदेशी उपभोग्य वस्तु आयातमा गरिने कडाइका कारण स्वदेशी औद्योगिक उत्पादनमा केही सुधार हुने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया