चालु आर्थिक वर्षमा सेबोनबाट २८ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

३ बर्ष अगाडि

काठमाडौं - आज असार ३२ गते चालु आर्थिक वर्षको अन्तिम दिन हो । चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २८ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । 

यी कम्पनीलाई सेबोनले गत वर्ष साउन ११ गतेबाट यो वर्षको असार २४ गतेसम्म आईपीओ निष्कासनको अनुमति दिएको हो ।आईपीओ निष्कासनको अनुमति पाउनेमा जलविद्युत कम्पनीहरु बढी देखिएका छन् । यो चालु आर्थिक वर्षमा १९ वटा हाइड्रोपावर कम्पनीले आईपीओ अनुमति पाएका छन् । 

यसैगरी ८ वटा लघुवित्तले आईपीओ निष्कासनको अनुमति पाएका छन् । एउटा मात्रै लगानी समूहको कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । 

यी कम्पनीले २३ अर्ब ४६ करोड ९५ लाख ३७ हजार ९०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएका छन् । ती कम्पनीमध्ये २५ वटा कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् भने ३ वटाले निष्कासन गर्न बाँकी रहेको छ । 

सेबोनको पाइपलाइनमा अझै पनि २५ वटा कम्पनीका आईपीओ अनुमतिको पर्खाइमा छन् । तीमध्ये १४ वटा जलविद्युत, ४ वटा लघुवित्त, २ वटा बीमा, २ वटा होटेल तथा पर्यटन समूहका,  २ वटा अन्य समूहका र एउटा लगानी समूहका कम्पनीका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया