बीमा समितिद्धारा शुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९  जारी, भोलीबाट लागु हुने

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरी निर्देशिका जारी गरेको हो ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा जडिबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरे अनुसार समितिले जडिबुटी बीमा समेत समावेश गरी कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको हो ।

निर्देशिकामा बीमा कम्पनीहरुले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडिबूटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशु सेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमालेखको हकमा अनुदान प्राप्त नहुने, बीमकले अनुदान प्राप्त नहुने बीमालेखको हकमा छोटो अवधिका लागि बीमालेख जारी गर्न सक्ने र कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।

यसैगरी, पशुपन्छीबीमालेखमा उल्लेख भएको हकमा बीमालेख बमोजिम र अन्यको हकमा बजार मूल्य, बीजक मूल्य र स्थानीय चलनचल्तीको मूल्यलाई आधार लिई आपसी सहमतिका आधारमा बीमाङ्क कायम गर्नुपर्ने, कृषि तथा जडिबूटी बीमालेखमा उल्लेख भएको हकमा बीमालेख बमोजिम र अन्यको हकमा नेपाल सरकार वा प्रदेश सरकारको विषयगत कार्यालय वा कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा सम्बन्धित उत्पादक संघ, संस्था वा बोर्डले उपलब्ध गराएको ९साविकको बजार अनुसन्धान तथा तथ्याङ्क कार्यक्रम० लागत अनुमानका आधारमा बीमाङ्क कायम गरिने व्यवस्था निर्देशिकामा गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया