नागरिक लगानी कोषले बढायो ब्याजदर, कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । 

कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५  प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ । 

त्यसैगरी साउन १ देखि लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत र नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।  

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया