काठमाडौं - सफल मर्जर सँगै एकिकृत कारोबारको घोषणा गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक गरेको छ ।
मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविका बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ ।
यो बीमा क्षेत्रकै पहिलो सफल मर्जर हो । बीमा समितिले लिएको मर्जरको नीतिलाई पहिलो कार्यान्वयन कर्ताको रुपमा हिमालयन र एभरेष्ट भएका छन् ।
मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस शेयर दिए पनि बीमा समितिको तोकेको साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन सक्ने छन् ।
प्रतिक्रिया