काठमाडौं - साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २ हजार ९.४६ विन्दुमा पुगेको हो ।
दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रूपैयाँ बराबरको शेयर खरीदबिक्री भएको छ ।
शुक्रबार २०७८/७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्सेले एतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुको वरिपरी रहेको छ ।
११ महीना अवधिमा केहि लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेभने केहिले लगानीकर्ताले गुमाएका छन् । कारोबारमा आएका २३१ धितोपत्र मध्ये दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको शेयर मूल्य ५.३१ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता ३०३ मा झरेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ४.७६ प्रतिशत घटेर २७२ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदबिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख बराबरको शेयर खरीदबिक्री भएको हो । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदबिक्री भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचक ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ ।
त्यसैगरी समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १.६८ प्रतिशत घटेको हो ।
प्रतिक्रिया