काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई थप छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय गरेको छ ।
यसअघि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत केही घरानाहरुलाई मात्रै लाभ हुने गरी निश्चित क्षमताका विद्युतीय गाडीलाई मात्र छुट दिने घोषणा गरिएको थियो। यो कुरा निजी क्षेत्रबाट निकै आलोचना भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषदको बैठकले भने पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई थप छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय गरेको हो ।
योसँगै मन्त्रिपरिषद्को बैंकले ११ बुँदे निर्णय गरेको छ। जसमा पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया