काठमाडौं - आज साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार सामान्य बढेको छ । आज २ घन्टाको कारोबारमा बजार ७.९३ अंकले उकालो लागेको हो ।
योसँगै नेप्से परिसूचक २००९.४६ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स २.७७ अंकले बढेर ३८५.९१ को विन्दुमा पुगेको छ । कारोबार झन्डै डेढ अर्ब रुपैयाँको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ । यो दिन लघुवित्त समूहमा १.५७ प्रतिशतले उकालो लागेको छ ।
म्युचुअल फन्ड समूह १.४९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.३८ प्रतिशत, विकास बैंक समूहमा ०।१५ प्रतिशत र जीवन बीमा समूहमा ०.३९ प्रतिशतको बढोत्तरी भएको छ ।
आज अन्य समूह १.६८ प्रतिशतले ओरालो लागेको छ । लगानी समूह ०.९५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, जलविद्युत समूहमा ०.७४ प्रतिशत, वित्त समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया