ब्रोकरहरुको विगत ५ वर्षको कारोबारको छानबिन गरी कर असुल गर्न महालेखाको सरकारलाई सिफारिस

३ बर्ष अगाडि

काठमाडौं - महालेखापरीक्षक कार्यालयको कार्यालयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको विगत ५ वर्षको कारोबारको छानबिन गरी कर असुल गर्न सरकारलाई सिफारिस गरेको छ । 

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा सरकारलाई यस्तो सिफारिस गरिएको हो । प्रतिवेदनमा हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकरले पुँजीगत लाभकर असुल नगरेको भन्दै २०७३/७४ देखि २०७७/७८ सम्मको कारोबार छानबिन गरी कर निर्धारण गर्नुपर्ने उल्लेख छ । 

आयकर ऐन, २०५८ को दफा ४७ मा गाभिने संस्थाको सेयर बिक्री गर्दा २ वर्षसम्म पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार गाभिएको निकायका साविकका सेयरधनीहरुले मात्र छुट सृुविधा पाउने पाउने कानुनी व्यवस्था छ । 

तर, गाभिएपछि पनि ब्रोकरहरुले सबै सेयरधनीको सेयर कारोबारमा पुँजीगत लाभकरमा छुट दिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया