हकप्रद जारी गर्ने विषयलाई लिएर अपर तामाकोशी विरुद्ध सेबोनमा उजुरी

३ बर्ष अगाडि

काठमाडौं - हकप्रद जारी गर्ने विषयलाई लिएर अपर तामाकोशी जलविद्युत कम्पनीविरुद्ध शुक्रबार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी परेको छ । 

उजुरी दिनेमा ध्रुवप्रसाद दाहाल रहेका छ्न । उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा पनि अपर तामाकोशीविरुद्ध उजुरी दर्ता गराएका छन् । 

उजुरीमा असार ३० नेपालका सम्पूर्ण मिडियामा अपर तामाकोशीको १०० प्रतिशत हकप्रद आउने भनी समाचार प्रकाशित भएको र उक्त समाचारमा राखिएको पत्रमा सेबोन, सीडीएससी र नेप्सेको छापसमेत रहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

सञ्चालक समितिको बैठकको समयसमेत नखुलाइएको उजुरीमा स्पष्ट पारिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया