गुराँस लाइफद्धारा ३० लाख बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीले केहि वर्ष पहिले जीवन बिमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका एक मुटु रोग लागेका विमितलाई कम्पनीले बिहिवार ३० लाख भुक्तानी गरेको हो ।

पोखरा–३०, पावर हाउस निवासी ३९ वर्षका मनप्रसाद थापामगर लाई पोखरा न्युरोड स्थित इन्स्योरेन्सको कार्यालयमा आयोजित एक कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका प्रमुख हरि शर्मा पौडेलले ३० लाखको चेक प्रदान गरेका छन् ।

सो अवसरमा यसप्रकारको सुविधा ५ लाख देखि ५० लाखसम्म मात्र लिन पाईने र कम्पनीले २० वटा रोगलाई प्राण घातक रोगमा समाबेस गरेको क्षेत्रिय कार्यलय पोखराका प्रमुख हरि शर्मा पौडेलले वताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया