प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

३ बर्ष अगाडि

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । 

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेमा प्रभु लाइफको शेयर कारोबार रोक्का भएको हो ।

दुई कम्पनीबीच बिहीवार गाभिने सम्झौता भएको हो । यी दुई कम्पनी १ः१ अनुपातमा मर्जरमा जान लागेका हुन् । हाल प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रू. २ अर्ब छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी रू. १ अर्ब ४० करोड छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया