काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १४.७१ अंक बढेर २००१.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४२ अंक बढेर २००२.९६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ७ स्टकको ६ लाख ६६ हजार ३११ रुपैयाँ बराबरको १ हजार ५७४ कित्ता शेयर खरिदबिक्री भएको छ। ७ स्टकमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया