आईतबारबाट लागु हुने गरी हिमालयन बैंक पनि नयाँ व्याजदर सार्वजनिक गर्‍यो,कुन खातामा कति प्रतिशत ब्याज पाइने ?

३ बर्ष अगाडि

काठमाडौं- हिमालयन बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा (साउन १ गते) आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । 

62d0c32884ab8.jpg

३ बर्ष अगाडि

प्रतिक्रिया