बुटवल, माघ–२२ । बुटवलमा प्रदेश सरकारको उपस्थितीले मानिसहरुको चहल पहल बढे लगत्तै बहुविवाह , बलात्कार लगायत यौन मामिलाका घटना विगतको तुलनामा बढेका छन । तर पछिललो ३ बर्ष यता क्रमिक रुपले ब्यक्ति हत्याको घटनामा भने कमी आएको छ । चालु आर्थिक बर्षको पछिल्ला ६ महिनामा अघिल्लो बर्षभर कै हाराहारीमा बलात्कारका घटना घटेका हुन । यद्यपी त्यहाँको प्रहरी सबै घटनाका अभियुक्तहरु पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भएको छ ।
गत श्रावण महिना देखि पौष मशान्त सम्म १४ वटा बलात्कार उद्योग र १३ वटा बलात्कार घटना सहित २७ वटा बलात्कार घटना घटेको बुटवल ईलाका प्रहरी कार्यालयबाट प्राप्त घटना विवरणमा उल्लेख छ । त्यसका अलवा एउटा अप्राकृतिक मैथुनको मुुद्धा समेत दर्ता भएको छ । १३ वटा वलात्कार मुद्धा मध्ये १२ वटा फच्र्यौट भई सकेको र एउटा बाँकी रहेको सो कार्यालयका सुुचना अधिकृत प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । उनका अनुुसार १४ वटा वलात्कार उद्योगको मुद्धा मध्ये १० वटा फच्र्र्यौंट भई सकेको र ४ वटा बाँकी रहेका छन ।
जवकी आर्थिक बर्ष २०७४÷०७५ को बर्ष भर १५ वटा बलात्कार र १३ वटा बलात्कार उद्योगका मुद्धा दर्ता भएका थिए । त्यसको अघिल्लो बर्ष १५ वटा बलात्कार र १७ वटा बलात्कार उद्योगका घटना दर्ता भएका थिए । तर यस आर्थिक बर्षको ६ महिना मै अघिल्लो तीन प्रति बर्ष कै हाराहारीमा बलात्कार घटनामा बृद्धि भए पछि बुटवल नगरीमा महिला थप असुरक्षित भएको घटना विवरणले पुष्टि गर्दछ ।
ब्यक्ति हत्या कमी–सुखत पक्ष
पछिल्लो ३ बर्षको ब्यक्ति हत्या घटना बिबरण हेर्दा यस बर्षको ६ महिना सुखत पक्ष रहन गएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा १३ वटा ब्यक्ति हत्याका घटना बुटवल ईलाका प्रहरी कायालयमा दर्ता भएका थिए । त्यसका अरोपी सबै पक्राउ परी कानुनी कठघरामा उभ्याईएका थिए ।
दोश्रो अर्थिक बर्ष २०७४÷०७५ मा दोब्बर घटेर ७ वटा मात्र ब्यक्ति हत्याको घटना घटे र आरोपी पनि सबै पक्राउ परी मुद्धा फच्र्यौट गरियो । यस आर्थिक बर्षको ६ महिनामा एउटा पनि ब्यक्ति हत्याका घटना त्यस कार्यालयमा दर्ता भएका छैनन । पछिल्ला २ आर्थिक बर्षमा प्रति बर्ष ८ ÷८ वटा ज्यान मार्ने उद्योग सम्वन्धि मुद्धा दर्ता र फच्र्युुट भएकोमा यस आर्थिक बर्षको पछिल्लो ६ महिनामा त्यस्तो मुद्धा एउटा पनि परेको छैन ।
पछिललो ३ बर्षका यस्ता खाले सबै मुद्धा फच्र्यौट भई सकेको सो कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए । ‘ म आई सके पछि घटेका बलात्कार, हत्या–हिंसा र अन्य अपराध घटनाका आरोपीहरु सबै पक्राउ गरी कानुनी कठघरमामा उभ्याई सकिएको छ, डिएसपी मल्लले भने जनघनत्व बढे संगै अपराधिक घटना बढे होलान तर कुनै पनि अपराधि खुस्कीन सकेको छैन । ’
किन भयोे ब्यक्ति हत्यामा कमी ?
गुण्डा नाईकेहरु र डर लाग्दा घटनाका अपराधीहरुलाई पक्राउका क्रममा प्रहरीले ईन्काउण्टर सुरु ग¥यो । त्यस बाट शहरमा गुण्डा नाईके र अन्य अपराधिक गिरोहहरुको सञ्जाल तितर–वितर हुन थाल्यो । केहि बर्ष अघि सम्म साँझ परे पछि सडकमा चुल्ठे–मुन्द्रेहरुको बिगबिगीले सर्व साधरणलाई बाहिर निस्कन डर त्रास हुन्थ्यो । अहिले त्यस्तो गिरोह बजारमा कमै मात्रमा संगठित छन ।
ब्यक्ति हत्या र लुटपाटमा कमी आउनुमा पहिलो कारण यहि मान्न सकिन्छ । दोश्रो कारण : ठेक्का पट्टामा गुण्डा प्रयोग र रिस साँधासाँधको अन्त्य ग¥यो ठेक्का पट्टामा अनलाईन सिष्टमले । यो सिस्टम सुरु भए पछि हिजो गुण्डागिरीबाट जिविका चलाउनेहरु मध्ये अधिकांस अहिले उनै ठुला ठेकेदारुको डोजरका पछि लाग्न थाले । तेश्रो कारण : विगतको जस्तो अपराधिक घटनामा राजैनिक दलको संरक्षण कमै रहंन थाल्यो ।
गुण्डा नाईकेहरुलाई समेत राजनैतिक दलको भर हुन छाड्यो । प्रहरी संगठनलाई पनि राजनैतिक हस्तक्षेप कम मात्रमा हुन थाल्यो । अपराधी पत्ता लगाउन प्रहरीको सक्षमता र नयाँ प्रविधिको विकास पनि बढ्यो । बर्षऔं पुराना फरार अभियुक्त पनि धमाधम पक्राउ पर्न थाले पछि मानिसहरु हिंसक मानसिकता त्याग्दै जान थालियो ।
चौथो कारण : हिजो आफुलाई ग्याँङ्ग स्टार, डन भन्न रुचाउनेहरु पछिल्लो चरण विभिन्न राजनैतिक दलमा लागेर नैतिक, सामाजिक रुपले प्रशिक्षित र जिम्मेवार हुन थाले । ५ औं कारणः रोजगारी र स्वरोजगारीको माध्यम पनि बिगतको भन्दा बढ्यो । ब्यबसायीक कृषि, पशुपालन, अन्य ब्यवसाय र बैदेशिक रोजगार समेतले युवाहरुलाई समृद्धि तर्फ डोरायो ।
संहिता लागु भए पनि परस्त्री संगतमा कमी आएन
भदौं १ गते देखि मुलुकी संहिता लागु भयो । दोश्रो बिबाह स्वतः बदर, पहिला भन्दा कडा कार्बाही हुने भए पछि अब भने बहुविवाह गर्न पुरुषहरु डराउने भए भनिदै थियो । तर पछिल्लो ६ महिनामा बुटवल ईलाका प्रहरी कार्यालयमा मात्रै ९ वटा बहुविवाहका मुद्धा दर्ता भएका छन ।
जबकी पछिल्ला दुई प्रति बर्ष भर १५ वटा बहुविवाहका मुद्धा दर्ता भएका थिए । यो पछिल्लो तथ्याङकले विगतको दोब्बर बहुविवाहका मुद्धा बढ्ने देखाएको छ । प्रदेश ५ का अन्य जिल्लाहरुमा पनि यहि संख्यामा बहुविवाहकामुद्धा दर्ता भई रहेको जनाईएको छ ।
जेठी देखाउने कान्छि लुकाउने चलन बढ्यो
हामीलाई प्राप्त जानकारी अनुसार मुलुकी संहिता लागु भए देखि बुटवल, भैरहवा , पाल्पा , दाङ्ग, नेपालगञ्ज, कपिलवस्तु लगायतका ठुला शहरमा केहि ठुला ब्यवसायी र अन्य पेशाबाट पैसावाला बनेकाहरुले भदौं अघि जेठी श्रमितिलाई जलनमा पार्ने गरी देखाउन चाहेकाहरुले पनि कान्छि श्रीमति अहिले धमाधम लुकाएर राख्न थालेका छन ।
पाल्पामा दुई प्रतिष्ठित ब्यवासायीहरुले जेठी श्रीमतिलाई दमनमा राखी दुई कान्छि श्रीमति लुकाएर राखेको चर्चा यति बेला चुलिएको छ । गुल्मीका दुई ब्यवसायीहरुले पनि एउटाले नारायणघाट त अर्काले बुटवलमा कान्छि श्रीमति लुकाई राखेको जेठी श्रीमति पक्षधरले बताएका छन ।
‘गर्लफ्रेण्ड’का नाममा अस्थाई श्रीमतिहरु
भैरहवा र बुटवल नगरीमा एकथरी महिलाहरु गर्लफ्रेण्डका नाममा पेशेवर अस्थाई कान्छि श्रीमति बन्ने गरेको समेत पाईएको छ । बेला बेलामा आबश्यक पर्ने रकम दिन सक्नेहरुले त्यस्ता महिलाहरुको मोहमा फस्न्ने गरेको जानकारहरु बताउँ छन ।
‘उनिहरु सम्पत्ति र अन्य ठुलो आर्थिक लालच पनि राख्दैनन । जेठी श्रीमतिलाई तनाव दिने पनि गर्दैनन’– एक भुक्तभोगीले भने –‘ खान–पिन र कहिले कसो खाँचो पर्दा केहि रकम दिए खिस्सै खत्तम हुने भएकाले लभ–सवको चक्करमा लागेर तनाव सिर्जना गर्नु छैन, त्यसै ठिक छ । ’ उनका अनुसार अवैध देह ब्यपारको धन्दा चलाउनेहरुको पनि यी शहरहरुमा कमी छैन । रातोपाटीबाट
प्रतिक्रिया