कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ ।
कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा बोल्दै टेलिभिजनका अध्यक्ष एबं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आईपीओ जारी हुने घोषणा गरेका हुन् ।
टेलिभिजनले आईपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतापत्रमा टेलिभिजनका अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया