प्रतिस्पर्धामा रहेका तीन बैंकमा ग्लोबल र एनआइसी एशिया बैंक पहिलो र दोस्रोमा, पछि पर्यो नबिल

३ बर्ष अगाडि

चालु आर्थिक वर्षमा ग्लोबल आइएमई बैक, एनआइसी एशिया बैंक र नबिल बैंकबीच प्रतिस्पर्धा देखिँदै आएको छ। जेठ महिनासम्म पनि ग्लोबल आइएमई बैंक नाफामा १ नम्बरमा छ भने एनआइसी एशिया बैंकले पछाउँदै दोस्रो स्थानमा देखिएको छ। नबिल भने केहि पछाडि परेको छ।

गत केहि समयदेखि यी ३ बैंकमा खुद नाफामा नम्बर १ बन्न प्रतिस्पर्धा चल्दै आएको छ। जेठमा भने नबिल बैक, एनआइसि एशिया बैंक र ग्लोबल आइएमई बैंक भन्दा केहि पछाडि देखिएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ४ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले ४ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको छ। राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाउँदा नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ। 

नबिल ग्लोबल आइएमई बैंक भन्दा नाफामा १ अर्ब रुपैयाँले पछि देखिएको छ। तर बैंकले नेपाल बंलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेकोले यी दुई बैंकको नाफा जोड्दा सबैभन्दा धेरै हुन्छ।

जेठसम्ममा सिभिल बैंकको नाफा सबैभन्दा कम देखिएको छ। यस अवधिमा सिभिलले १ अर्ब २१ करोड रुपैयाँ नाफा माएको छ। बैंक अफ काठमाण्डूले १ अर्ब २५ करोड नाफा कमाएको छ भने नेपाल बंगलादेश बैंकले १ अर्ब २७ करोड रुपैयाँ र सेञ्चुरी बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ।

२७ वाणिज्य बैंकहरुमा १० बैंकको नाफा औसत भन्दा धेरै देखिएको छ भने १७ बैंकको औसत भन्दा कम छ। जेठसम्ममा बैंकहरुको औसत नाफा २ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया