प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, १ः१ को अनुपातमै स्वाप रेसियो

३ बर्ष अगाडि

काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति भएको छ । बिहीबार साँझ राजधानीमा दुई कम्पनीका बीचमा मर्जरमा जाने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको हो ।

सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहनेछ । एक बराबर एकको सेयर आदान प्रदान हुने सम्झौतामा सञ्चालक समितिमा प्रभु लाइफ र व्यवस्थापनमा महालक्ष्मी लाइफबाट प्रतिनिधित्व हुनेछ । जस अनुसार मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष सुवास अमात्य हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई हुनेछन् ।

महालक्ष्मी लाइफले हालै संस्थापकहरुबाट थप लगानी जुटाएर चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुर्‍याएको छ भने प्रभु लाइफले सर्वसाधारणमा सेयर जारी गरेर २ अर्ब चुक्ता पुँजी कायम गरेको छ । एक बराबर एकको अनुपातमा मर्जर भएपछि प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले तोकेको ५ अर्ब पुँजी बनाउन प्रभु महालक्ष्मीलाई थप ९० करोड रुपैयाँ बराबरको पुँजी जुटाउनुपर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया