अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ। लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो।
नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ। जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो। बुधबार डलरको बिक्री दर १२७.६६ रुपैयाँ थियो।
यस्तै, राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक युरोपियन युरोको खरिददर १२७.७१ रुपैंया र बिक्री दर १२८.३१ रुपैंया रहेको छ ।
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिनेछ। विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुनेछ।
प्रतिक्रिया