हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ ।
कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै असार २४ गते उक्त हकप्रद सेयर बाँडफाँट गरेको जानकारी गराएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
यसमा न्यूनतम १०० रुपैयाँ कबोल गरेर बोलपत्र पेश गर्ने ३७७ जना आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आइतबार (साउन ४ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया