दुई दिनमा वाणिज्य बैंकहरुको निक्षेप  ९ अर्बले घट्यो, कर्जा लगानीको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं-वाणिज्य बैंकहरुको निक्षेप २ दिनमा ९ अर्ब रुपैयाँले घटेको छ । 

सोमबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १५ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म ९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको पनि कर्जा लगानी दुई दिनमा ९ अर्ब रुपैयाँले घटेर बुधबारसम्म ४१ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ। गत सोमबारसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो। 

निक्षेप र कर्जा लगानी दुवै घटे पनि बैंकहरुको औसत सीडी रेसियो भने बुधबारसम्म घटेर ८६.८९ प्रतिशतमा झरेको छ। गत सोमबारसम्म सीडी रेसियो ८६.९८ प्रतिशत थियो। 

बुधबासम्म अन्तरबैंक ब्याजदर ७ प्रतिशत रहेको छ। गत सोमबार पनि अन्तरबैंक ब्याजदर ७ प्रतिशत नै थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया