सिटिजन्स बैंकका ग्राहकहरुलाई सत्य ओमकार डेन्टल होममा १५ प्रतिशतसम्म छुट

३ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको भैरहवास्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच छुट सम्झौता भएको छ। 

सत्य ओमकार डेन्टल होममा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। 

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ। 

त्यसैगरी आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बैंककको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ।

ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। यसका साथ बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ मा फोन गरी तथा कगउउयचत२अतशलदबलप।अयm  मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। 

बैंकले देशैभरि फैलिएका आफ्ना १७८ वटा शाखा, १३० वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया