काठमाडौं- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा करिब ८ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ बजेसम्ममा ७ लाख ९२ हजार ४७६ आवेदनबाट ७९ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको ७९ लाख ६७ हजार ६८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २१ लख ७६ हजार ९४० कित्ताको ३.६६ गुणा बढी हो ।
कम्पनीले २३ करोड २८ लाख ६१ हजार ७०० रुपैयाँ बराबरको २३ लाख २८ हजार ६१७ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ६९ हजार ८५९ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात एक लाख १६ हजार ४३१ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी रहने २१ लाख ४२ हजार ३२७ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको शेयरमा साउन १ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा लक्ष्मी क्यापिटल, नविल इन्भेष्टमेण्ड र सनराईज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया