आरम्भ चौतारी र मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

३ बर्ष अगाडि

बिहीवार नेप्सेमा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ दशमलव ६१ कित्ता बोनस शेयर र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ दशमलव ३५७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अब यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । मिथिला लघुवित्तले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी आरम्भ चौतारी लघुवित्तले चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९.६२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया