एकैदिनमा कोरोना संक्रमितको संख्या चार महिना यताकै उच्च,सक्रिय संक्रमितको संख्या साढे ११ सय नाघ्यो

३ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा नेपालमा २६० जना कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका सक्रमितको संख्या पछिल्लो चार महिना यताकै उच्च हो । यसअघि फागुन १३ गते २७५ जना कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक दिनमा कुल तीन हजार ८४४ नमुना परीक्षण भएको थियो । त्यसमध्ये दुई हजार २७ पीसीआर परीक्षण गर्दा २१४ जना र एक हजार ८१७ एन्टिजेन परीक्षण गर्दा ४६ जना कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बिहीबार कोरोना मुक्त हुने भने ४८ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या एक हजार १७१ रहेको छ । केहि समय यता कोभिड १९ का कारण निधन हुनेको संख्या शुन्य रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया