काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन, (एलआईसी नेपाल) ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको महेन्द्रनगर शाखाले बेलौरी नगरपालिका वडा नं ८ कलकत्ता, कञ्चनपुर बस्ने बिमित स्व. नारायण रानाको मृत्यु दाबी बापतको रकम निजको इच्छाएको व्यक्ति चन्द्रा रानालाई भुक्तानी गरेको हो ।
स्व. रानाले लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. महेन्द्रनगर शाखाबाट तीन वर्ष अघि ५ लाख बीमाको साबधिक बीमा गरेका थिए । उक्त बीमा वापतको कम्पनीले बीमा दाबी बाफत रु. ६ लाख १७ हजारको चेक इच्छाएको व्यक्ती चन्द्रा रानालाइ हस्तान्तरण गरेको हो ।
मृत्यु दाबी बाफतको चेक मृतक स्व। रानाको घरमै गई एक कार्यक्रमका बीच कम्पनीको महेन्द्रनगर शाखाका प्रमुख हरिस प्रसाद भट्ट, सिनियर अभिकर्ता राज कुमार राना र वडा नं. ८ का निवर्तमान अध्यक्ष नन्द कुमार राना को उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया