कुवेतमा २०५ नेपालीलाई रोजगारको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कुवेतले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको the bridge gen. tradge co. कम्पनीले विभिन्न पदका लागि १५५ जना पुरुष र २० जना महिला गरी जम्मा २०५ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खन बस्नसहित ३७ हजार माथि देखि ५९ हजार बढि पाउनेछन् । इच्छुक कामदारले ajeets management and development company pvt. ltd. को कार्यालय सिनामंगल काठमाडौंमा साउन ५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदारले आफै बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया