४ बीमा कम्पनीहरुको सेयर कारोबार रोक्का

३ बर्ष अगाडि

काठमाडौं - ४ बीमा कम्पनीहरुको सेयर कारोबार स्थगित भएको छ । 

बुधबार बिहान मात्र सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएकोमा साँझ सानिमा जनरल र जनरल इन्स्योरेन्सले मर्जरमा जाने सहमति गरेका थिए । सो लगत्तै बिहीबार बिहान लुम्बिनी जनरल तथा सगरमाथा इन्स्योरेन्सले मर्जरमा जाने सहमति जुटाएसँगै सबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार बुधबार साँझ मर्जर सम्झौता गरेका जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सका साथै बिहीबार सम्झौता गरेका लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको सेयर कारोबार स्थगित भएको हो ।

मर्जरमा जाने सम्झौता गरेसँगै कम्पनीहरुले नेप्सेलाई सम्झौताको जानकारी गराए पछि सबै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया