साउन महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय

३ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले साउन महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । 

एनबीएको आज बसेको कार्यसमितिले साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । 

वाणिज्य बैंकहरुले गत माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् । जसअनुसार साउनमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११।०३ प्रतिशत र संस्थागततर्फ १०।०३ प्रतिशत ब्याज दिनेछन् । 

रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया