कारोबारको २ मिनेटमै दोर्दी खोलाको शेयरमूल्यमा सकरात्मक सर्किट, कति पुग्यो प्रतिकित्ताको मूल्य ?

३ बर्ष अगाडि

साताको चौथो कारोबारको दिन (बिहीबार) कारोबारमा आएको पहिलो दिनै दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको २ मिनेटमै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता रु.३३७.८० पुगेको हो ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन कम्पनीको शेयर कारोबार भएको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया