साताको चौथो कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार भएको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ५९.५४ अंक बढेर १९८६.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५० अंक बढेर १९८७.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ४ लाख ३३ हजार १७७ रुपैयाँ बराबरको ७९० कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ८ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।
प्रतिक्रिया