एजेन्सी - विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन संकटमा परेको छ । मिडिया रिपोर्टका अनुसार चीनको वित्तीय बजारले अर्थतन्त्रमा मन्दी आउने संकेत देखाएको छ ।
कोरोनाको बढ्दो मामिलाले चीनको अर्थतन्त्रलाई नै खतरा बन्दै गइरहेको छ । पछिल्ला १५ दिनदेखि चिनियाँ सेयर बजार नराम्ररी प्रभावित भइरहेको छ ।
चीनको ह्याङ सेङ चाइना इन्टरप्राइज इन्डेक्स जुन २८ देखि करिब ९ प्रतिशतले घटेको छ । यस्तो अवस्थामा कोरोनाका मामिला बढेमा आर्थिक गतिविधि फेरि ठप्प हुने चिन्ता लगानीकर्ताहरुका अगाडि बढेको छ ।
चीनको स्टिल हब मानिने सहर एकजनामा संक्रमण देखिएपछि मात्रै तीन दिनका लागि बन्द गरिएको कोरोनाको डरको अनुमान यसबाट गर्न सकिन्छ ।
मिडिया रिपोर्टअनुसार चीनमा कोरोनाको प्रकोप बढेमा फेरि लकडाउन घोषणा हुने सम्भावना बढेको छ । जसका कारण कारखानामा उत्पादन रोकिने डर छ । यसका साथै निर्माण कार्यमा पनि असर पर्ने देखिन्छ ।
उता ऋणमा डुबेका चीनका निर्माण कम्पनीहरु भने समस्यामा परेका छन् । यसमा एभरग्रान्ड समूहले ऋण चुक्ता गर्न सक्नेछ भने फलामको सेयरको मूल्य सात महिनाकै न्यून विन्दुमा पुगेको छ ।
प्रतिक्रिया