१ लाख ८२ हजार ४७ जनाले पाए अप्पर सोलु हाइड्रोको आईपीओ, कसरी हेर्ने नतिजा ?

३ बर्ष अगाडि

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज  बाँडफाँड भएको छ । 

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा अप्पर सोलु हाइड्रोको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे राखिएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । 

कम्पनीले गत असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । 

कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता (५ प्रतिशत) र ३९ हजार १५० कित्ता (२ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

आईपीओमा १४ लाख ४६ हजार ९८५ आवेदकबाट कुल १ करोड ६१ लाख ८६ हजार ५५० कित्ता सेयर माग भएको थियो । तीमध्ये १४ लाख ४५ हजार १९४ आवेदकबाट परेको १ करोड ६१ लाख ६० हजार ३८० कित्ता सदर भएको छ भने १ हजार ७९१ आवेदकबाट परेको २६ हजार १७० कित्ता सेर बदर भएको छ ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल र धितोपत्र निष्कासनकर्ता कम्पनी अप्पर सोलु हाइड्रोपावरको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

सीडीएससीको iporesult.cdsc.com.np बाट नतिजा हेर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया