काठमाडौं - नेपालको ७५३ स्थानिय तहमध्ये ३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा अझै पुगेको छैन । राष्ट्र बैैंकले हालै सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ ।
यस्तै ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७६ को चैत मसान्तसम्ममा ७४६ स्थानीय तहमा पुगेका वाणिज्य बैंक २०७७ चैत मसान्तसम्ममा ७५० तहमा पुुगेका थिए । २०८९ जेठसम्म आउँदा पनि ७५० तहमै बैंकको शाखा कायम भएको छ ।
२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२७ रहेको छ। यसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७९ जेठ मसान्तमा ११ हजार ४९२ पुगेको छ ।
प्रतिक्रिया