मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

३ बर्ष अगाडि

काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आज (असार ३० गते) एक सूचना जारी गर्दै असार २९ गते बुधबार बाँडफाँड गरेको जानकारी गराएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । 

स्थानीयमा जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया