काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको जनाएको छ ।
उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
उक्त समयमा कुनै पनि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रकिया अगाडी बढाइने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया