लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति चयन, अध्यक्ष द्वारा पद तथा गोपनियता ग्रहण

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक निर्बिरोध निर्वाचित भएका छन् । 

सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी निर्बिरोध निर्वाचित भएका हुन् । त्यसैगरी बुधबार सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।

नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको कार्यालयमा बुधबार नै पद तथा गोपनियताको सपथ गराए । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया