काठमाडौं - गत आर्थिक वर्ष २०७७/७८ मा सरकारका बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।
महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको हो ।
गत आर्थिक वर्षमा सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार १ वर्षमै बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँले बढेको छ ।
प्रहरीवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा सरकारको ४ खर्ब १८ अर्ब ८५ करोड ६ लाख बेरुजु रहेकोमा गत आर्थिक वर्षमा ५० अर्ब २७ करोड ६३ लाख बेरुजु फर्छ्योट तथा सम्परीक्षण भएको छ ।
विगतको फर्छ्योट तथा सम्परीक्षणबाट बाँकी रहेको ३ खर्ब ६८ अर्ब ५४ करोड १४ लाख र गत आर्थिक वर्षको १ खर्ब १५ अर्ब ५ करोड ५१ लाख बेरुजु थप हुँदा कुल बेरुजु ४ खर्ब ८३ अर्ब ४९ करोड ६५ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा स्थानीय तहमा ४३ अर्ब ९० करोड ९५ लाख बेरुजु रहेको छ । गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजुसमेत गरेर अब स्थानीय तहको बेरुजु रकम १ खर्ब ३६ अर्ब ३२ करोड २४ लाख पुगेको छ ।
प्रतिक्रिया